ललितपुर । सोमबारको जेनजी प्रदर्शनमा १९ जनाको मृत्यु भएपछि देशभर आन्दोलन थप चर्किँदै गएको छ। मंगलबार आक्रोशित प्रदर्शनकारीहरूले ललितपुरको मन्त्री क्वार्टरमा आगजनी गरेका छन्।स्थानीय स्रोतका अनुसार प्रदर्शनकारीहरूले आज बिहानैदेखि शीर्ष नेताहरूका निवास र पार्टी कार्यालयहरूमा तोडफोड गर्दै आगजनी गरेका छन्। सोमबारको दमनपछि युवा आन्दोलनकारीहरूको आक्रोश अझ तीव्र बनेको देखिएको छ। अहिले काठमाडौंसहित देशका विभिन्न प्रमुख शहरहरूमा प्रदर्शन जारी छ भने सुरक्षाकर्मीले संवेदनशील क्षेत्रहरूमा उच्च सतर्कता अपनाएका छन्।