काठमाडौं । जेन–जी प्रदर्शनका क्रममा व्यापारिक भवनहरु समेत प्रदर्शनकारीको निशानामा परेका छन् । मंगलबार बिहानदेखि पुनः सुरु भएको प्रदर्शन लुटपाट र आगजनीमा परिणत भएको हो ।
सुरुमा मुख्य दलहरुका नेता र तिनका निवासलाई निशाना बनाएका प्रदर्शनकारीले दिउँसो भने धमाधम सार्वजनिक र निजी सम्पत्तिलाई ताकेका थिए । सो क्रममा काठमाडौंको नक्सालस्थित भाटभटेनी सुपरमार्केटमा लुटपाटपछि आगजनी गरेका थिए भने थापाथलीमा रहेको सेन्ट्रल बिजनेस पार्कको बिल्डिङ, सीजीका सोरुमहरु, टाटा मोटर्सको सोरुममा आगजनी गरिएको छ ।
यसबाहेक थापाथलीकै हुन्डाई र महिन्द्रा सोरुममा तोडफोड भएको छ भने लैनचौरमा रहेको निजी क्षेत्रको दूरसञ्चार सेवाप्रदायक एनसेलको कर्पोरेट बिल्डिङमा समेत आगजनी भएको छ । उपत्यकाबाहिर पनि विभिन्न सहरहरुमा व्यापारिक भवनमा आगलागी भएको जनाइएको छ ।