काठमाडौं । छ्याङदी हाइड्रोपावर कम्पनीको ३८ लाख कित्ता सेयर नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत भएको छ । नेप्सेका अनुसार सोमबार, छयाङदी हाइड्रोपावर लिमिटेडको एक सय रुपैयाँ अंकित मूल्य कायम रहेको ३८ करोड ६९ लाख ७७ हजार पाँच सय रुपैयाँ बराबरको कुल ३८ लाख ६९ हजार सात सय ७५ कित्ता हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको हो । सूचीकृत सेयर डिम्याट खातामा जम्मा भएपछि खरिदबिक्री गर्न सकिने कम्पनीले जानकारी दिएको छ ।