काठमाडौं । सर्वोच्च अदालतले बीमा प्राधिकरणको अध्यक्षमा शरद ओझालाई काम गर्न दिन अन्तरिम आदेश जारी गरेको छ । सरकारले ओझालाई हटाएर नयाँ नियुक्तिको प्रक्रिया नै थालनी गरेको अवस्थामा सर्वोच्चको यस्तो आदेश आएको छ ।
ओझाले यही भदौ २२ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अध्यक्ष ओझामाथि गठित छानबिन समिति र नयाँ अध्यक्ष नियुक्तिका लागि गठित समितिका विरुद्धमा सर्वोच्च अदालतमा मुद्दा गर्दा गरेका थिए । उक्त मुद्दाको सुनुवाइ गर्दै काममा कायम गर्न आदेश जारी गरेको छ । सर्वोच्च अदालतकी न्यायाधीश शारंगा सुवेदीले ओझालाई पूर्ववत्रूपमा अध्यक्षको हैसियतमा काम गर्न अल्पकालीन अन्तरिम आदेश जारी दिएकी हुन् । यद्यपि ओझाका विरुद्धमा सर्वोच्च अदालतमा यसअघिका दुई मुद्दा विचारधीन नै रहेको छ ।