काठमाडौं । देशमा असामान्य अवस्था सिर्जना भएपछि प्रधानमन्त्रीबाट राजिनामा दिएका नेकपा एमालेका अध्यक्ष केपी ओली हिमालयन एयरलाइन्समार्फत दुबई जादै भन्ने समाचारको हिमालय एयरलाइन्सले बिरोध गरेको छ ।

एयरलाइन्सका अनुसार हिमालय एयरलाइन्सले दुबईको लागि चार्टर फ्लाइटको अनुमती नलिएको र प्रकाशित/प्रसारित समाचार गलत रहेको भन्दै गलत समाचारहरुमा विश्वास नगर्न र गलत समाचारको हल्ला नफैलाउन आग्रह गरेको छ ।