काठमाडौं । चेक अनादर मुद्दाका फरार प्रतिवादी टोखा नगरपालिका–५ श्रीटोल बस्ने तेह्रथुम मेन्छयायेम गाउँपालिका–५ मोराहाङ घर भएका ४७ वर्षीय रामप्रसाद भट्टराईलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत काठमाडौंको २०८२ भदौ १३ गते उक्त मुद्दामा दुई वर्ष कैद सजाय ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले केही दिनअघि टोखा नगरपालिका–५ श्रीटोलबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेस गरिएको छ ।