काठमाडौं । बरूण हाइड्रोपावर लिमिटेडले अवितरित हकप्रद सेयर लिलाम बढाबढ प्रक्रियामार्फत बिक्री गर्ने भएको छ । कम्पनीका अनुसार गत असार ३१ गतेदेखि भदौ तीन गतेसम्म एक बराबर एकको अनुपातमा निष्काशन गरेको हकप्रद सेयरमा आवेदन नपरेको सेयर लिलाम बिक्री गर्न लागिएको हो ।
कम्पनीले सर्वसाधारण समूहको दुई लाख ३८ हजार चार सय ४३ कित्ता अवितरित हकप्रद सेयर लिलाम बिक्री गर्न लागेको हो । सो सेयर खरिदका लागि भदौ २९ गतेदेखि असोज १२ गतेसम्म सिलबन्दी बोलपत्र पेस गर्नुपर्नेछ । सेयरको न्यूनतम मूल्य एक सय रुपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी सिलबन्दी बोलपत्र पेस गर्नुपर्नेछ । लगानीकर्ताले न्यूनतम एक सय कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम सेयर संख्याको लागि कुनै हद तोकिएको छैन ।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक आबीबी मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ । लगानीकर्ताले बिक्री प्रबन्धकका साथै राष्ट्रिय वाणिज्य बैंकका वीरगञ्ज–पर्सा, जनकपुर–धनुषा, नारायणगढ–चितवन, बाग्लुङ, बुटवल–रुपन्देही, नेपालगञ्ज–बाँके, वीरेन्द्रनगर–सुर्खेत, धनगढी–कैलाली, बिर्तामोड–झापा, हेटौँडा–मकवानपुर, तुल्सीपुर–दाङ, महेन्द्रनगर–कन्चनपुर, चैनपुर–संखुवासभा, खाँदबारी–संखुवासभा र धरान–सुनसरी शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।