काठमाडौं । परिस्थिति साम्य नहुन्जेलसम्मका लागि ब्रोकर सेवा बन्द भएको छ । स्टक ब्रोकर एसोसिएसन अफ नेपालले जेन–जी प्रदर्शनका कारण सिर्जित परिस्थिति साम्य नहुन्जेलसम्मका लागि सम्पूर्ण सेवा प्रवाह स्थगित गर्ने निर्णय गरेको हो ।
जिल्ला प्रशासन कार्यालयहरूबाट जारी भएको कफ्र्यु आदेशले उपत्यकाका विभिन्न स्थानहरू ठप्प छन् । यस्तो परिस्थितिमा धितोपत्र दलाल व्यवसायीहरूको कार्यालयसम्म पुगी सेवा सञ्चालन गर्ने परिस्थिति नभएको ब्रोकर एसोसिएसनले जानकारी दिएको छ । यस्तो अवस्थामा सरकारबाट तत्कालै सुरक्षाको प्रत्याभूतिसहित सो प्रदर्शन र सोबाट सिर्जित परिस्थिति साम्य नहुन्जेले धतोपत्र दलाल व्यवसायीहरूले सेवा प्रवाह गर्न कठिन देखिएको विज्ञप्तिमा उल्लेख छ । सम्पूर्ण नियामक निकाय, बजार सञ्चालक, राफसाफ निकाय तथा लगानीकर्ताहरूलाई एसोसिएसनले जानकारी दिएको छ ।