काठमाडौं । गत २३ गते बानेश्वर क्षेत्रमा नवयुवा र विद्यार्थीसहित ५१ जनाको हत्या हुने गरी भएको आम नरसंहार घटनाको अहिलेसम्म कसैले जिम्मेवारी लिएका छैनन् ।
त्यसदिन माइतीघर क्षेत्रमा प्रदर्शनका लागि भ्रष्टाचारविरुद्ध कार्यक्रम गर्ने भनी सबल गौतम र पुरुषोत्तम यादवले काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएका थिए । उक्त आन्दोलन रोकेर सुरु गरिएको वार्तामा सुदन गुरुङ र अर्जुन विक्रम शाही रेभ्युलुसन नेपाल आएको देखिएको छ ।
गौरव पाण्डे र मिराज ढुंगानाको समूह पनि सतहमा देखिएको छैन । सेनाले उनीहरुलाई वार्तामा छुट्याएको हो कि उनीहरु पनि सहभागी छन् भन्ने औपचारिक जानकारी सार्वजनिक भएको छैन । यस्तो घटनाक्रमले महान् सहिदका योगदान अलपत्र पारिन सक्ने सम्भावना बढ्दै गएको छ ।