काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले निवर्तमान प्रधानमन्त्री केपी ओलीको लिखित सम्मति र सल्लाहअनुसार आन्दोलनकारीहरुको भावनाअनुसार सर्वाेच्च अदालतका पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गरेका छन् ।

नवनियुक्त प्रधानमन्त्री कार्कीलाई शुक्रबार राति नै पद तथा गोपनीयताको सपथग्रहण गराएका थिए ।