काठमाडौं । एनएमबी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमासिक अवधिमा छ करोड ३८ लाख ४१ हजार पाँच सय ७१ रुपैयाँ खुद मुनाफा कमाएकोे छ । अघिल्लो आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा पाँच करोड २९ लाख १५ हजार तीन सय १४ रुपैयाँले ऋणात्मक रहेको थियो ।
हाल चुक्ता पुँजी ७२ करोड १४ लाख ४९ हजार एक सय ४९ रुपैयाँ रहेको संस्थाले गत आवको चौथौ त्रैमासमा एक अर्ब ५६ करोड ७७ लाख २६ हजार सात सय ६२ रुपैयाँ निक्षेप संकलन गरी छ अर्ब ७५ करोड २३ लाख १३ हजार एक सय ३७ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ४३ करोड ५५ लाख चार सय ५३ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा चार दशमलव ४३ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
अघिल्लो आवको सोही अवधिमा भने संस्थाले एक अर्ब ३३ करोड ३४ लाख ७६ हजार तीन सय २७ रुपैयाँ निक्षेप संकलन गरी पाँच अर्ब ३१ करोड ६१ लाख चार हजार एक सय ५४ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा २६ करोड ९१ लाख १७ हजार एक सय ६४ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा छ दशमलव ३५ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।