काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८१/०८२मा चार करोड २५ लाख तीन हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आवमा भने संस्थाको यस्तो नाफा एक करोड ५२ लाख छ हजार नौ सय २२ रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी १५ करोड १५ लाख ५४ हजार पाँच सय ३२ रुपैयाँ रहेको संस्थाले आव २०८१/०८२मा ५० करोड ३७ लाख ३३ हजार पाँच सय ७६ रुपैयाँ निक्षेप संकलन गरी दुई अर्ब २९ करोड ३९ लाख ११ हजार सात सय १८ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा १७ करोड २७ लाख ७२ हजार ९० रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा चार दशमलव ५१ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
अघिल्लो आवमा भने संस्थाले ४७ करोड ४४ लाख ६१ हजार पाँच सय ५९ रुपैयाँ निक्षेप संकलन गरी दुई अर्ब पाँच करोड ७८ लाख दुई सय ५६ रुपैैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा १२ करोड १९ लाख १६ हजार आठ सय ६४ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा पाँच दशमलव ८४ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।