काठमाडौँ । दुई सय ६२ किलो ५८० ग्राम गाँजासहित विराटनगर महानगरपालिका–१५ बाट तीन जना पक्राउ परेका छन् । मे.१ च ५८२६ नम्बरको गाडीबाट उक्त परिमाणको गाँजा बरामद गरेको प्रहरीले जनाएको छ ।

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार रानीस्थित इलाका प्रहरी कार्यालयबाट परिचालन भएको सुरक्षाकर्मीको टोलीले उक्त महानगरपालिका–१८ का श्यामकुमार यादव, सुनसरीका २० वर्षीया सन्जु तामाङ र २२ वर्षीय निखिल घिमिरेलाई शनिबार राति पक्राउ गरेको हो ।