काठमाडौं । नेपाल बैंकर्स एसोसिएसन (एनबीआई)ले जेन–जी आन्दोलनका क्रममा वाणिज्य बैंकहरुको ६५ वटा शाखा तथा एक्सटेन्सन काउन्टरमा आगजनी तथा तोडफोड भएको जानकारी दिएको छ । सरकारी कार्यालयहरुमा रहेका अधिकांश एक्सटेन्सन काउन्टरहरुमा आगजनी तथा तोडफोड भएको संघले जनाएको छ ।
संघका अनुसार क्षति पुगेका कुल ६५ मध्ये ४० वटा एक्सटेन्सन र बाँकी २५ वटा शाखा कार्यालयहरु रहेका छन् । एटीएम बुथमा पनि तोडफोट तथा आगजनी भएको र धेरैजसो एटीएम भाटभटेनी सुपरमार्केटसँगै जलेको छ । भाटभटेनीमा तीन–चारवटै बैंकले एटीएम राख्ने गरेकाले ती अधिकांश एटीएम जलेको छ । पछिल्लो तथ्याङ्कअनुसार ४५ वटा एटीएम तोडफोड गरिएको तथा जलाइएको संघले जानकारी दिएको छ ।