काठमाडौं । आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गरेका महान्यायाधिवक्ता सविता भण्डारीले सोमबार प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत समक्ष पद तथा गोपनीयताको सपथ लिएकी छिन् । वरिष्ठ अधिवक्ता भण्डारीलाईे सरकारको कानुनी सल्लाहकार तथा महान्यायाधिवक्तामा नियुक्त गर्न प्रधानमन्त्री सुशिला कार्कीले सिफारिस गरेकी थिइन् । यसअघि, महान्यायाधिवक्ता रमेश बडाल थिए । उनले राजीनामा दिएपछि भण्डारी महान्यायाधिवक्ता नियुक्त भएकी हुन् ।