म्यागासेसे पुरस्कार विजेता तथा वरिष्ठ नेत्र रोग विशेषज्ञ डा. सन्दुक रुइतले १० लाख अमेरिकी डलर (करिब १३ करोड रुपैयाँ) प्राप्त गर्ने भएका छन्। बहराइनका पूर्वराजा सेख इसा बिन सलमान अल खालिफाको नाममा स्थापना गरिएको पुरस्कार डा. रुइतलाई प्रदान गरिन लागिएको हो।मानव कल्याणमा उल्लेखनीय योगदान दिने व्यक्तित्व तथा संस्थालाई प्रदान गर्दै आएको यो पुरस्कार सन् २०१३ देखि वितरण हुँदै आएको छ। डा. रुइतले यसअघि भारतको पद्मश्री सम्मान, थाइल्याण्डको प्रिन्स महिदुल अवार्ड, अल्बर्ट आइन्स्टाइन फाउन्डेसनको ग्लोबल भिजनरी अवार्ड, वल्र्ड इकोनोमिक फोरमको सोसल इन्टरप्रिनरसिप अवार्ड, भुटानको नेशनल अवार्डलगायत दर्जनौँ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान पाइसकेका छन्।हिमाली दुर्गम गाउँमा जन्मिएका डा. रुइतले विभेदकारी जातप्रथाका चुनौतीहरू पार गर्दै विश्वकै प्रतिष्ठित नेत्र विशेषज्ञको हैसियत हासिल गरेका हुन्। सन् २०१८ मा उनको जीवनीसमेत प्रकाशित भइसकेको छ।