काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकको खुद मुनाफामा सामान्य गिरावट आएको छ । बैंकले गत आर्थिक वर्षमा १३ करोड चार लाख दुई हजार ७१ रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आवको सोही अवधिमा भने बैंकको यस्तो नाफा १४ करोड ४९ लाख ५० हजार नौ सय ४० रुपैयाँ रहेको थियो । हाल चुक्ता पुँजी एक अर्ब २१ करोड ७१ रुपैयाँ रहेको बैंकले गत आवको चौथो त्रैमासिक अवधिमा छ अर्ब ५० करोड ६७ लाख ७९ हजार सात सय ७२ रुपैयाँ निक्षेप संकलन गरी पाँच अर्ब १७ करोड ८५ लाख २५ हजार ८९ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा २० करोड ४० लाख २४ हजार छ सय ५० रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा शून्य दशमलव २८ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
अघिल्लो आवको सोही अवधिमा भने बैंकले छ अर्ब ४२ करोड ७१ लाख ३५ हजार पाँच सय ५२ रुपैयाँ निक्षेप संकलन गरी तीन अर्ब ६३ करोड ७२ लाख १४ हजार पाँच सय ४१ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा २५ करोड ९७ लाख सात हजार आठ सय २४ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा शून्य दशमलव ८१ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।