काठमाडौं । सागर डिस्टिलरी लिमिटेडको साधारण सेयरको सार्वजनिक निष्काशन तथा बिक्री खुला भएको छ । कम्पनीले प्रतिसेयर एक सय रुपैयाँको दरल सर्वसाधारणसका लागि सेयर निष्काशन गरेको हो ।
कम्पनीले जारी पुँजी ७२ करोड ६० लाखको २० प्रतिशतका दरले हुन आउने १४ लाख ५२ हजार कित्ता आइपिओ सार्वजनिक निष्कासनका लागि छुट्याएको हो । कम्पनीलाई क्रेडिट रेटिङ संस्था इन्फोमेरिक्स क्रेडिट नेपाल लिमिटेडले ‘बी प्लस’ रेटिङ प्रदान गरेको छ । उक्त रेटिङले कम्पनीको क्रेडिट जोखिम बहन गर्ने क्षमता मध्यमस्तरको रहेको जनाउँछ ।
कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरू र तिनका शाखा कार्यालयहरू तथा सीडीएस एन्ड क्लियरिङ लिमिटेडबाट उपलब्ध गराएको ‘मेरो सेयर’ सफ्टवेयरबाट आवेदन दिन सक्नेछन् । कम्पनीको सेयर बन्द हुने मिति छिटोमा असोज २ गते र ढिलोमा असोज १३ गते रहेको बिक्री प्रबनधक मुक्तिनाथ क्यापिटल लिमिटेडले जनाएको छ ।