काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्थाको नाफा उच्चरुपमा बढेको छ । संस्थाले गत आर्थिक वर्षमा २३ करोड ९७ लाख पाँच हजार आठ सय रुपैयाँ खुद मुनाफा कमाएको छ । यो नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा १२ करोड रुपैयाँले बढी हो । अघिल्लो आवमा संस्थाको यस्तो नाफा ११ करोड १४ लाख पाँच हजार छ सय ६७ रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी ७८ करोड ३० लाख २४ हजार चार सय तीन रुपैयाँ रहेको संस्थाले गत आवको चौंथो त्रैमासमा चार अर्ब ४९ करोड ७३ लाख ३० हजार चार सय ७० रुपैयाँ निक्षेप संकलन गरी नौ अर्ब २९ करोड ४२ लाख ७९ हजार नौ सय नौ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ६२ करोड ६७ लाख ३३ हजार एक सय तीन रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा सात दशमलव ५४ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
अघिल्लो आवको सोही अवधिमा भने संस्थाले तीन अर्ब ७३ करोड ३५ लाख ५३ हजार ६७ रुपैयाँ निक्षेप संकलन गरी आठ अर्ब सात करोड ७४ लाख ४५ हजार छ सय २६ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ४२ करोड ५६ लाख ५६ हजार छ सय १२ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा पाँच दशमलव ५६ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।