काठमाडौं । यूनिभर्सल पावर कम्पनी लिमिटेडले वार्षिक साधारणसभको आह्वान गरेको छ । कम्पनीले यही असोज २३ गते वार्षिक साधारणसभा गर्न लागेको हो ।
सभाले हाल कायम चुक्ता पुँजीको नौ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ शून्य दशमलव ४७ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । यससबाहेक सभाले बोनस सेयर वितरणपश्चात् शत प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने, कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने, स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने, दुई जना सञ्चालकको निर्वाचन गर्नेलगायतका प्रस्तावहरू पनि पारित गर्ने तयारी गरेको छ ।
साधारणसभासम्बन्धी प्रयोजनको लागि कम्पनीले यही असोज ८ गते एक दिनका लागि सेयर दर्ता किताब बन्द गर्ने भएको छ । सोअनुसार असोज ७ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरूले कम्पनीको साधारणसभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् । कम्पनीले सोही वार्षिक साधारणसभामार्फत गत आर्थिक वर्षको मुनाफाबाट बोनस वितरणपछि हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्ने समेतको प्रस्ताव गरेको छ ।