काठमाडौं । श्वेतगंगा हाइड्रोपावर कम्पनीले वार्षिक साधारणसभाको आह्वान गरेको छ । कम्पनीको पछिल्लो पटक बसेको सञ्चालक समितिको बैठकले यही असोज ३१ गते आफ्नो नवौँ वार्षिक साधारणसभा गर्ने निर्णय गरेको हो । कम्पनीका अनुसार उक्त वार्षिक साधारणसभामार्फत गत आर्थिक वर्षको वित्तीय विवरण, सञ्चालक समितिको निर्वाचनलगायतका ऐजेन्डा पारित हुनेछन् ।