काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा पुनः प्राधिकरणमा फर्किएका छन् । तत्कालीन मन्त्रिपरिषद्ले गरेको बर्खास्तीविरुद्ध सर्वोच्च अदालत गएका उनको बर्खास्तीविरुद्ध सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएसँगै मंगलबाट उनी प्राधिकरणमा फर्किएका हुन् । भदौ २३ गते सर्वोच्चका न्यायाधीश शारंगा सुवेदीको एकल इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गर्दै ओझालाई प्राधिकरणमा अध्यक्षको भूमिकामा रहेर काम गर्न दिन बाटो खुला गरेपछि उनी प्राधिकरणमा फर्किएका हुन ्।