धनगढी । जेनजी आन्दोलनका सहिदको सम्मानमा कैलालीको धनगढी उपमहानगरपालिकाले धनगढीको एक सडकलाई जेनजी मार्ग नामाकरण गर्ने भएको छ।
धनगढी उपमहानगरपालिका–१ स्थित पार्क चोकदेखि पार्कमोड, कभर्ड हल हुँदै क्याम्पस रोड छुने सडकलाई जेनजी मार्ग नामाकरण गर्ने भएको हो। नगर प्रमुख गोपाल हमालले त्यसका लागि जेनजी मार्ग नामाकरण गर्ने सम्बन्धी प्रस्ताव कार्यपालिका बैठकमा लगिने बताए।
परिवर्तन, न्याय र अधिकारका लागि जेनजी आन्दोलनमा आफ्नो अमूल्य जीवन समर्पण गर्ने सहिदहहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै हमालले पार्क क्षेत्रको सडकलाई जेनजी मार्ग नाम प्रयोग गर्न पनि नगरवासीलाई आग्रह गरेका छन् । उनले सहिदको साहस सबैका लागि प्रेरणाको स्रोत रहेको बताएका छन् ।