काठमाडौं । भ्रष्टाचारको विरोध र सुशासनको नारामा जेन–जी पुस्तालाई सडकमा उतार्ने योजना तयार पार्ने बारबरा फाउन्डेसनमा सबै पक्ष समेटिएको पाइएको छ । फाउन्डेसनको अध्यक्षमा सुप्रसिद्ध आँखा चिकित्सक डा. सन्दुक रुइत रहेका छन् भने उपाध्यक्षमा डा.चन्द्रप्रसाद पोख्रेल रहेका छन् । फाउन्डेसनको महासचिवमा मानव अधिकारवादी नेतृ मोहना अन्सारी तथा कोषाध्यक्षमा सीए सुदर्शनराज पाण्डे रहेका छन् ।
सदस्यहरुमा पछिल्लोसमय कांग्रेस नेता भइटोपलेका प्रा.डा. गोविन्द पोख्रेल, सञ्जय कुमार थापा, अखिलेश उपाध्यय, किया गु्रपका मालिक व्यापारी सुहृत घिमिरे, रास्वपाका उपसभापति डा. स्वर्णीम वाग्ले र कलाकार रागिनी उपाध्याय रहेका छन् । जेन–जी आन्दोलनको नेतृत्व गर्ने ‘हामी नेपाल’ नामक गैरसरकारी संस्थाको माउ संस्थाका रुपमा फाउन्डेसनले अभिभावकत्व प्रदान गर्दै आएको बताइएको छ ।
उक्त मुभमेन्टलाई थर्मल गन तस्करीमा जोडिएका सुलभ अग्रवाल, शाहिल अग्रवालको शंकर गु्रप र त्यसको धन्दामा प्रिपेड समूह बनाएर साझेदारी गर्दै आएको पाकिस्तानी खुफिया एजेन्सी आईएसआईसँग जोडिएका विवादास्पद पात्र दीपक भट्ट नेतृत्वको इन्फिनिटी होल्डिङसले सहयोग गर्दै आएको कुरा विदेशी दाउपेचमा सार्वजनिक भएपछि उनीहरुबीच छटपटी सुरु भएको छ । भट्टले उक्त संस्थाको नेतृत्वलाई नेताहरुको सुराकी गरेर सूचना लिन दुरुपयोग गरेको लगभग स्पष्ट भइरहेको छ ।