काठमाडौं । डोङफेङ मोटरले नौवटा नयाँ मोडेल सार्वजनिक गरेको छ । डोङफेङ मोटरले इजिप्टको कायरोमा आयोजना गरिएको एक विशेष कार्यक्रममा आफ्ना नौवटा नयाँ मोडेल आधिकारिकरूपमा सार्वजनिक गरेको हो ।
उक्त कार्यक्रममा ‘ईस्ट विन्ड इनफिनिटी वर्ड’ भन्ने थिममा इजिप्टइन्टरनेसनल एक्जिबिसन सेन्टरमा सम्पन्न भएको थियो । कार्यक्रममा इजिप्टको बजारका लागि कम्प्याक्ट एसयूभी, सेडानहरूका साथै अत्याधुनिक इलेक्ट्रिक र हाइब्रिड गाडीहरू प्रस्तुत गरिएको थियो । कम्पनीले एज आइस/साइन आइस मोडेलहरू सार्वजनिक गरेको हो । यस्तै, डोङफेङ बक्स, डोङफेङ ००७, मेज ईभी, भोया फ्रि, भोया ड्रिम, भोया प्यासन र म्हेरो ९१७ जस्ता इलेक्ट्रिक तथा हाइब्रिड गाडीहरू कम्पनीले सार्वजनिक गरेको थियो । कार्यक्रममा सरकारी अधिकारीहरू, व्यवसायी र अटोमोबाइलप्रेमीहरूको ठूलो सहभागिता रहेको थियो । आगन्तुकहरूले नयाँ डिजाइनहरू नजिकैबाट हेर्ने, नवीनतम प्रविधिबारे बुझ्नेर डिस्प्ले गरिएका गाडीहरूको अनुभव लिने अवसर पाएका थिए । प्रदर्शनीका विभिन्न क्षेत्रहरूमा डोङफेङका परम्परागतदेखि लिएर न्यू इनर्जी गाडीहरू विशेषरूपमा प्रदर्शन गरिएका थिए ।
डोङफेङ मोटरले इजिप्टको बजारमा औपचारिक प्रवेश गर्दै आधुनिक मोबिलिटी सोलुसन्सको बढ्दो माग पूरा गर्न विविध उत्पादनहरूको श्रृङ्खला प्रस्तुत गरेको छ ।