काठमाडौं । सामाजिक तथा आर्थिकरुपले पछाडि परेका र पारिएका व्यक्ति तथा समुदायहरूलाई प्रत्यक्ष सहयोग गरी सकारात्मक रुपान्तरण गर्ने उद्देश्यले स्थापित मुनाफा वितरण नगर्ने यस मुक्तिनाथ फाउन्डेसनले आफ्नो दोस्रो वार्षिकोत्सव अवसरमा बृहत् रक्तदान रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
२०७८ असोज १ गते दर्ता भएको यो संस्थाले संस्थाका उद्देश्यभित्रका लक्षित वर्गका व्यक्ति तथा समुदायलाई सबलीकरण गर्न एक सशक्त सामाजिक संस्थाको रुपमा कार्य गर्नेछ । यसअघि यस संस्थाले सामाजिक क्षेत्रमा विभिन्न किसिमका सामाजिक कार्यहरू गर्दै आएको छ । बागमती सरसफाइ कार्यक्रममा सहभागिता, विश्व वातावरण दिवसको अवसरमा टोखा नगरपािलकालगायत देशका विभिन्न स्थानमा बृहत् वृक्षारोण कार्यक्रम, वृद्धवृद्धाहरूलाई सम्मान तथा उनीहरूलाई आवश्यक खाद्य सामग्रीहरूको वितरणलगायतका सामाजिक कार्यहरू गरिसकेको छ ।
चौथो वार्षिकोत्सवमा आयोजित रक्तदान कार्यक्रममा ८० पोका रगत संकलन गरेको छ । सो कार्यक्रमलाई नेपाल रेडक्रस सोसाईटीबाट प्राविधिक सहयोग प्राप्त भएको थियो भने उक्त कार्यक्रम मुक्तिनाथ विकास बैंक, मुक्तिनाथ कृषि कम्पनी लि., मुक्तिनाथ क्यापिटल लि., रोयल सहकारी लि. विन्द्यवासिनी म्युजिक प्रालिको समेतको सहभागिता र समन्वयमा सम्पन्न भएको कम्पनी सचिव संगीता ढकाल आचार्यले जानकारी दिएकी छन् ।