काठमाडौं  । कामना सेवा विकास बैंकले वार्षिक साधारणसभाको आह्वान गरेको छ । बैंकले यही असोज २४ गते काठमाडौंमा आफ्नो १९औँ वार्षिक साधारणसभा गर्न लागेको हो ।

वार्षिक साधारणसभामार्फत कम्पनीले हाल कायम रहेको चुक्ता पुँजी तीन अर्ब ५१ करोड आठ लाख ४६ हजार एक सय ९५ रुपैयाँमध्येबाट पाँच दशमलव ७८ प्रतिशतका दरले हुन आउने २० करोड ३२ लाख ६० हजार चार सय ४० रुपैयाँबराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने तयारी गरेको छ ।