काठमाडौं । नासा सेक्युरिटिजले दरबारमार्ग प्रहरीलाई कम्प्युटर, प्रिन्टर तथा स्क्यानर, अफिस टेबल र कुर्सी प्रदान गरेको छ । आफ्ना व्यावसायिक गतिविधिहरूसँगै सामाजिक उत्तरदायित्वलाई पनि उच्च प्राथमिकता दिँदै कम्प्युटर, प्रिन्टर तथा स्क्यानर, अफिस टेबल र कुर्सी प्रदान गरिएको कम्पनीले जानकारी दिएको छ ।
जेन–जी आन्दोलनका क्रममा भएको आगलागीले नेपाल प्रहरी दरबारमार्ग शाखाको सम्पूर्ण कार्यालय सामग्री जलेर नष्ट भएको थियो । जसका कारण दैनिक प्रशासनिक कार्य प्रभावित भइरहेको छ । समुदायप्रति आफ्नो प्रतिबद्धता देखाउँदै वी स्ट्यान्ड टुगेदर भन्ने मूल नारासहित नासा सेक्युरिटिजले दरबारमार्ग प्रहरी कार्यालयलाई तीनवटा कम्प्युटर, तीनवटा प्रिन्टर तथा स्क्यानर, तीनवटा अफिस टेबल र तीनवटा कुर्सी सहयोगस्वरूप प्रदान गरेको कम्पनीले जानकारी दिएको छ । यी सामग्रीहरूले नयाँ मुद्दा दर्ता गर्नेदेखि दैनिक प्रशासनिक कार्य सञ्चालन गर्न ठूलो सहयोग पुर्याउने कम्पनीले विश्वास लिएको छ ।
नासा सेक्युरिटिजले यस अघि नै नेपालमा खेलकुदको प्रवर्द्धन होस् भन्ने उद्देश्यले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई मुख्य प्रायोजकको रूपमा सहयोग गरिसकेको छ । कम्पनीले सामाजिक उत्तरदायित्वमा निरन्तर अग्रसर रहँदै समुदाय, खेलकुद, सार्वजनिक सेवा र सुरक्षासँग जोडिएका कार्यहरूमा भविष्यमा पनि सहयोग पुर्याउने प्रतिबद्धता व्यक्त गरेको छ ।