काठमाडौं – नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई विभिन्न संघसंस्थाले काठमाडौंका विभिन्न चोकमा रहेका डिजिटल होडिङ बोर्डमार्फत बधाई र शुभकामना दिएका छन्। डिजिटल बोर्डमा प्रधानमन्त्री कार्कीको नयाँ जिम्मेवारीको लागि शुभकामना र समर्थनको सन्देश देखाइँदै नागरिक र संस्थाहरूको तर्फबाट उत्साहजनक स्वागत गरिएको छ। यो पहलले नवनियुक्त प्रधानमन्त्रीको नेतृत्वमा सकारात्मक संदेश र सहयोगको भावना प्रवाह गर्ने उद्देश्य राखेको बताइएको छ।