काठमाडौं ।हालैको जेन–जी आन्दोलनको क्रममा आगजानी भएका सम्पत्तिहरुको निरीक्षण गर्ने सन्दर्भमा अर्थमन्त्री रामेश्वर खनालको चासो र प्राथमिकतामा विवादस्पद अर्बपति विनोद चौधरीको सम्पत्ति परेको छ ।शनिबार यही मेसोमा आगजनीबाट भएको क्षतिको निरीक्षण गर्न उनी काठमाडौंको सतुङ्गलस्थित चौधरी गु्रपको सिजी डिजिटल पार्क अवलोकन गर्न पुगेका हुन् । खनाल यसअघि भरतमोहन अधिकारी अर्थमन्त्री हुँदा अर्थसचिव थिए । त्यतिबेला बजेट भाषणको अघिल्लो दिन बजेट चौधरीलाई लिक गराएर चर्चामा आएका थिए । अर्थसचिव हुँदादेखि नै अर्थमन्त्री खनाल चौधरीको खास मानिसको रुपमा चिनिँदै आएका छन् । उनी सीजी डिजिटल पार्क अवलोकन गर्न पुग्दा स्वयम् चौधरीचाहिँ त्यहाँ उपस्थित थिएनन् र चौधरीका कामदारहरुले अर्थमन्त्री खनाललाई घटनाको ब्रिफिङ गरेका थिए । त्यसले पनि अर्थमन्त्री खनाल र चौधरीको हैसियतको तुलना हुन थालेको छ । आगजनीबाट भएको क्षतिको अति मूल्याङ्कन गराएर बीमा दाबीको लागि सजिलो उपाए बनाउन अर्थमन्त्री खनाल चौधरीको निर्देशनमा त्यहाँ निरीक्षण गर्न पुगेको बताइएको छ ।