काठमाडौं । युनिकनेक्ट ग्लोबल स्टडी पार्टनर काठमाडौंमा सञ्चालनमा आएको छ । अध्ययनका लागि विदेश जाने विद्यार्थीहरुलाई लक्षित गर्दै काठमाडौंको अनामनगरमा युनिकनेक्टले बिहीबारदेखि सेवा सुरु गरेको हो ।
युनिकनेक्टका संस्थापक एवम् अनुभवी परामर्शदाता सिर्जित घिमिरेले बिहीबारबाटै काम सुरु भएको जानकारी दिए । उनका अनुसार विदेश जाने विद्यार्थीहरूको चाहनाअनुरूप कम्पनीले सहुलियत शुल्कमै गुणस्तरीय अध्ययन हुने विश्वप्रतिष्ठित विश्वविद्यालयहरूसँग सहकार्य गर्नेछ । जसबाट विद्यार्थीहरुले सहजरुपमा अध्ययनका लागि जान सक्ने उनको भनाइ छ ।
मुख्य कार्यालय सञ्चालनमा ल्याउँदै आफूहरुले विद्यार्थीको चाहनाअनुसार गुणस्तरीय शिक्षा प्रदान गर्ने विश्वविद्यालयहरूमा अध्ययन सिफारिस गर्ने उनले बताए । घिमिरेले भने, ‘हाम्रो उद्देश्य विद्यार्थीलाई जसरी पनि बाहिर पठाउने होइन । उनीहरूले चाहेको विषयमा गुणस्तरीय शिक्षाका लागि परामर्श दिने र सिफारिस गर्ने भन्ने हो ।’
कम्पनीले युरोपका बेलायत, जर्मनी, आयरल्यान्डसहित नेपालीहरूको प्रमुख शैक्षिक गन्तव्य रहेको अस्ट्रेलिया, क्यानडा, अमेरिकालगायतका देशहरूको विश्वविद्यालयहरूमा पठनका लागि सहजीकरण गर्नेछ । युनिकनेक्ट पुतलीसडकबाट अनामनगर जाने बाटोमा रहेको मार्फा हाउसमा छ ।