नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत तुइन खोलामा खसेको पहिरो पन्छाइएपछि यातायात पुनः सञ्चालनमा आएको छ।गत शुक्रबार खसेको पहिरोका कारण सडक पूर्णरूपमा अवरुद्ध भएको थियो। नारायणगढ र मुग्लिनतर्फबाट मेसिन प्रयोग गरी आइतबार बिहान ४ बजेदेखि पहिरो पन्छाउने कार्य सुरु गरिएको थियो। प्रयासपछि अपरान्ह सवा ४ बजेदेखि राजमार्ग एकतर्फी सुचारु भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।