काठमाडौं । शाओमीले रेडमी नोट १४ सिरिजका लागि विशेष अफर घोषणा गरेको छ । यस अफरअन्तर्गत ग्राहकहरूले स्मार्टफोन खरिदसँगै प्रिमियम एसेसरीमा आकर्षक छुट पाउनेछन् ।
आइतबारदेखि सुरु भएर कात्तिक १४ गतेसम्म सञ्चालन हुने यस अभियानअन्तर्गत, हरेक स्मार्टफोन खरिदमा ग्राहकले रेडमी बड्स ५ए केवल नौ सय ९९ रुपैयाँमा प्राप्त गर्न सक्नेछन् । रेडमी नोट १४ सिरिजअन्तर्गत कुनै पनि मोडल खरिद गर्ने ग्राहकले सामान्यतया दुई हजार चार सय ९९ रुपैयाँ पर्ने रेडमी बड्स ५ए केवल नौ सय ९९ रुपैयाँमा पाउनेछन् ।
यो अफर रेडमी नोट १४, रेडमी, रेडमी नोट १४ ५जी, नोट १४ प्रो ५जी, र रेडमी नोट १४ प्रो प्लस ५जी सबै मोडलहरूमा लागू हुनेछ । ग्राहकहरूले जुनसुकै स्मार्टफोन छनोट गरे पनि एकै मूल्यमा एसेसरी प्राप्त गर्ने सुविधा पाउनेछन् । यो विशेष अफर कात्तिक १४ सम्म देशभरका आधिकारिक शाओमी विक्रेता र सबै स्मार्ट फोन विक्रेतामार्फत प्राप्त गर्न सकिने जनाइएको छ ।