काठमाडौं।नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौजुदा केन्द्रीय समिति भंग गरी विशेष महाधिवेशनमा जाने प्रस्ताव अघि सारेका छन्।पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा आइतबार बसेको पदाधिकारी बैठकमा प्रचण्डले मंसिर महिनामै विशेष महाधिवेशन गरेर नयाँ नेतृत्व निर्माण गर्नुपर्ने सुझाव प्रस्तुत गरे। उनले तत्काल केन्द्रीय समिति बैठकबाट महाधिवेशन आयोजक समिति गठन गर्नुपर्ने प्रस्ताव पनि राखेका छन्। यसअघि उपमहासचिव जनार्दन शर्माले पार्टीमा पुनर्गठन र नेतृत्व हस्तान्तरणको माग गर्दै आएका थिए। त्यहीबीच प्रचण्डले निरन्तरतामा क्रमभंग गर्ने पुरानो नीति अनुसार केन्द्रीय समिति नै भंग गर्ने प्रस्ताव राखेका हुन्।