काठमाडौं ।नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) प्रमुखमा डा.मनोज केसी नियुक्त भएका छन्। आज बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो।नक्कली भुटानी शरणार्थी प्रकरणमा तत्कालीन उपप्रधानमन्त्री डा. आरजु राणविरुद्ध अनुसन्धान अघि बढाउँदा सिआईबीबाट हटाइएका एआईजी डा. मनोजकुमार केसी पुनः त्यही जिम्मेवारीमा फर्किएका हुन्। त्यतिबेला उनी डीआईजी पदमा रहेर दोस्रो हैसियतका अधिकारीका रूपमा त्यहाँ कार्यरत थिए। डा. केसीले यसअघि ललिता निवास प्रकरणको पनि अनुसन्धान गरेका थिए। उनी आगामी कात्तिक २७ मा रिक्त हुने ३३औं प्रहरी महानिरीक्षक (आईजी) का एक दाबेदार समेत मानिएका छन्।