काठमाडौं । सरकारले भदौ २३ र २४ गतेको घटना अध्ययन गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गरेको छ ।
२३ गते जेनजी आन्दोलनमा तत्कालीन प्रहरीले अन्धाधुन्ध गोली चलाएको थियो । सोही दिन कम्तीमा १९ जनाको ज्यान गएको थियो । हालसम्म कम्तीमा ७४ जनाको मृत्यु भइसकेको छ । अत्यधिक दमनपछि २४ गते प्रदर्शनकारीले विभिन्न सार्वजनिक र निजी सम्पत्तिमा तोडफोड र आगजनी गरेका थिए ।
आइतबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले ती घटनाको छानबिनका लागि जाँचबुझ आयोग गठन गरेको हो । गृहमन्त्री ओमप्रकाश अर्यालका अनुसार आयोगको सदस्यमा नेपाल प्रहरीका पूर्वएआईजी विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वरप्रसाद भण्डारी छन् । आयोगको कार्यावधि तीन महिनाको छ ।