(विकिपिडियामा राजनीतिक भ्रष्टाचार: भ्रष्टाचार सार्वजनिक जीवनमा स्वीकृत मूल्यहरूको विरुद्धको आचरणलाई मानिन्छ । साधारण जनजीवनमा यसलाई आर्थिक अपराधहरूसित जोडिन्छ । भ्रष्टाचारलाई बेइमानी वा आपराधिक अपराधको एक रूप हो जसमा एक व्यक्ति वा संगठनले प्राप्त गरेको अधिकारको स्थितिमा अवैध लाभहरू प्राप्त गर्न वा आफ्नो व्यक्तिगत लाभको लागि शक्तिको दुरूपयोग गर्दछन् । भ्रष्टाचारमा धेरै गतिविधिहरू समावेश हुन सक्छन् जसमा घुसखोरी, प्रभावको कारोबार र अपचलन समावेश छन् । राजनीतिक भ्रष्टाचार, एक कार्यालय धारक वा अन्य सरकारी कर्मचारीले, व्यक्तिगत लाभको लागि आफ्नो आधिकारिक क्षमताको साथ कार्य गर्दा हुन्छ ।)
एउटा समाचार
एक : रास्वपा र दुर्गा प्रसाईँ कसरी स्टेकहोल्डर ? जेन–जी आन्दोलन राप र तापमा सैनिक मुख्यालयमा भएको वार्तामा सेनाले राष्ट्रिय स्वतन्त्र पार्टी र दुर्गा प्रसाईँलाई पनि स्टेकहोल्डर भनेर वार्तामा सहभागी गराएपछि उनीहरू कसरी स्टेक होल्डर भए भनी जनमानसमा प्रश्न उठ्ने गरेको छ ।
जेन–जी आन्दोलनमा उनीहरू सहभागी भएको औपचारिक जानकारी छैन तर उनीहरूलाई स्टेक होल्डर बनाएर सेनाले वार्तामा सहभागी गराउनुको पछाडि कतै सार्वजनिक तथा सरकारी सम्पत्तिमा भएको आगजनी र तोडफोडमा उनीहरूको संलग्नता रहेको प्रमाण सेनाले भेटेकाले त्यसलाई प्रमाणीकरण गर्न स्टेक होल्डर बनाएको हो कि भन्ने प्रश्न पनि जनस्तरमा पलाएको छ (आर्थिक दैनिक) ।
दुई : नेपाली सेनासँग छलफलमा रहेको आन्दोलनकारी समूहको वार्ता टोलीमध्येकी एक रक्षा बमले प्रधानसेनापति अशोकराज सिग्देलले आन्दोलनको सरोकावाला दुर्गा प्रसाईँ र राष्ट्रिय स्वतन्त्र पार्टीसँग पनि छलफल गर्न भनेपछि वार्ता छोडेर बाहिरिएको सामाजिक सञ्जालमा लेखिन् । ‘प्रधानसेनापतिले राष्ट्रपतिसँग भेट्न बोलाएर दुर्गा प्रसाईँ र रास्वपा समूहसँग वार्तामा बस्नुस् भन्नुभयो, उहाँहरू स्टेकहोल्डर हो भनेर स्वयम् प्रधानसेनापतिले भनिसकेपछि जेन–जी आन्दोलनका क्रममा भएको बलिदान र युगान्तकारी परिवर्तनको यात्रा तुहिने भएकाले हामी त्यस प्रस्तावलाई अस्वीकार गर्दै नेपाली सेनाको मुख्यालयबाट बाहिरिएर छलफलका निम्ति तयारी गरिरहेका छौँ ।’
स्टेकहोल्डर कति भ्रष्ट ?
यहाँ उल्लेख भएका यी दुईवटा विवरणले दुर्गा प्रसाईँ र रास्वपा समूह यो आन्दोलनको स्टेकहोल्डर हो भन्ने बुझाउन एउटा पक्ष लागिपरेको बुझाउँछ । तर यो ठाउँमा नाम उल्लेख भएका यी समूह दुर्गा प्रसाईँ र रास्वपाका एक सांसदबीच केही पहिले भएको एउटा वार्तामा करोडौँ रूपैयाँ लेनदेन गरेर मन्त्री पद किनबेच गर्न खोजेका थिए । त्यसैबेला सार्वजनिक भएको टेपवार्ता अहिले पढियो भने पनि त्यस्तै बुझाउँछ । तर जेन–जीको यो आन्दोलनको प्रमुख माग भने भ्रष्टाचारको छानबिन गर्नुपर्ने अर्थात् भ्रष्टाचारविरोधी हो ।
यस्तो आन्दोलनका स्टेकहोल्डर मन्त्री भएर कसैको नाजायज काम गराइ दिने र सोबापत करोडौँ लेनदेन गर्नेहरू नै हुन् भने भ्रष्टाचार के होला ? उल्लिखित दुईवटा विवरणले यो प्रश्न खडा गर्छ ।
मन्त्रीपद किनबेचको वार्ताको प्रसङ्ग
केही पहिले मात्रै खडा भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद ढाकाकुमार श्रेष्ठ मेडिकल व्यवसायी दुर्गा प्रसाईँबीच भएको दुई करोड रूपैयाँ मागेको र दिन तयार भएको अडियो सार्वजनिक भएको थियो ।
त्यसमा रास्वपा सांसद श्रेष्ठले आफू स्वास्थ्य मन्त्री बन्न लागेको र त्यसका लागि पार्टीलाई साढे दुई करोड रूपैयाँ बुझाउनुपर्ने भन्दै बी एन्ड सी मेडिकल कलेजका सञ्चालक प्रसाईँसँग रकम मागेका थिए । उक्त वार्तामा उनले आफ्नो दलले स्वास्थ्य मन्त्रालय पाउने भएको र मन्त्री बन्नका लागि नेताहरूले आफूसँग साढे दुई करोड मागेको भनेर बताएका छन् ।
रास्वपा २०७९को चुनावलगत्तैपछि सरकारमा गयो । यो वार्ता यही सरकार बन्ने क्रममा गरिएको हो । माओवादीका अध्यक्ष पुष्पकमल दाहालको सरकार पुस १० गते बन्यो, जसमा सहभागी रास्वपाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा दाबी गर्दै आएको थियो । ३ माघमा मन्त्रिपरिषद् विस्तार हुनुअघि भएको यो संवादमा सांसद ढाकाकुमार श्रेष्ठले भनेका छन्, ‘स्वास्थ्य हामीले पाउने भयो, पार्टीलाई सहयोग गर, साढे दुईजति चाहियो भन्दै थिए । मेरो पक्का भयो, मैले आज फिक्स गर्नु छ क्या सर !’
त्यसमा थप भनिएको छ, ‘सुरुदेखि नै रविलाई सहयोग गर्दै आएको कोर टिमले रकम मागेको हो । ‘रवि सर देखा पर्नुभएको छैन, बाहिरका २÷३ जना साथी हुनुहुन्छ । उहाँहरूलाई दिने हो, पार्टीलाई जान्छ भनेका छन् ।’ यो संवादमा व्यवसायी प्रसाईँले पनि दुई करोड सहयोग गर्ने, तर त्यसका लागि केही समय लाग्ने बताएका छन् । ‘तपाईँलाई मैले दुई करोड रूपैयाँ दिने ग्यारेन्टी गरेँ’ प्रसाईँले भनेका छन्, ‘उनीहरूसँग टाइम माग्नुस्, म दिन्छु भन्नुस् ।’
मन्त्री हुनुभन्दा अघि नै घुस माग्ने आफ्ना समानुपातिक सांसदलाई रास्वपाले हटाइदियो मात्रै, घस मागेबापत थप कारबाही भएन । अर्थात् यतिठूलो भ्रष्टाचारको मुद्दामा पदबाट हटाउनु नै पर्याप्त मानियो ।
अझ गम्भीर के हो भने यस्तो घुसवार्ता हुँदा उक्त दलको कोर टिमले मन्त्री बनाइदिएबापत पार्टीलाई आर्थिक सहयोग गर्न भनेका भनिएको छ । यो रकम करिब तीन करोडको छ । तर एउटा मन्त्री बन्ने बनाउने क्रममा यतिठूलो रकम घुस माग्ने यो कोर टिमका बारे रास्वपाले त्यो बेलादेखि अहिलेसम्म नै कारबाही त परै जाओस् सामान्यरूपको छानबिनसमेत गरेको छैन ।
घुस माग्ने सांसदलाई यो दलले पदबाट त हटायो तर कारबाही गर्ने राज्यका निकायमा बुझाएन । रकम लेनदेनका बारे सम्बन्धित व्यक्तिका टेपवार्ता सार्वजनिक हुनु भनेको सामान्य कुरा होइन । विगतदेखि नै यस्ता टेपवार्ता सार्वजनिक हुँदा सम्बन्धित पदाधिकारीले राजीनामा दिए पुग्ने गरी परम्परा नै बसेको थियो । नयाँ उदाएको दल पहिलो पटक सरकारमा जाने सन्दर्भमा आफू मन्त्री बन्नका लागि आफ्नो दलबाट तीन करोड मागिएको भन्ने जानकारी गराउने र त्यस्तो रकम दिने व्यक्तिलाई उसले भनेबमोजिम काम गरिदिने भनिएको कुरा यो रूपमा प्रकट हुँदा पनि त्यसलाई भ्रष्टाचार मानिएको थिएन ।
यस्तो दल यतिबेला भष्टाचारविरुद्धको आन्दोलनको स्टेकहोल्डर भएर आयो जसलाई आन्दोलनकारीले पनि मानेनन् ।
यस्तो छ घुस–वार्ताका अंश
ढाकाकुमार श्रेष्ठ– कुन टिमलाई हो यो आन्तरिक कुरा हो । थाहा छैन यो । मुकुलजी पनि त्यो कोर टिममा हुनुहुन्न कि ऊ महामन्त्री पनि हो । त्यहाँ पाटीलाई सहयोग गर्ने छुट्टै छन्, तीन जना सहयोग गर्ने रविलाई सरलाई । यो टिममा मलाई पुर्याएको । आज पैसाको म्यानेज गर्नुपर्छ क्या । फेरि उधारो हुन्न भन्छन् । दुई/साढे दुई करोड भनेका छन् । एक करोड दियो भने पनि मान्छन् होला । पछि चेक दिँदा पनि हुन्छ ।
दुर्गा प्रसाईँ– यो पनि त उही रविलाई त बुझाउनुपर्ने होला होइन ? रविलाई त दिनुपर्दैन त्यो पार्टीमा जाने हो । पार्टीमा जान्छ भनेका छन् । तपाईँलाई मैले दुई करोड दिने ग्यारेन्टी गरेँ । म तपाईँलाई सजिलो बाटो देखाउँछु । त्यसमा पिर नगर्नुहोस् आएर म बुझाउँछु । तपाईँ र म एक ठाउँमा भेट्नुपर्छ । भेटिराख्न पनि पर्दैन । जति म भिडेको छु नि यो स्वास्थ्य क्षेत्रमा गोविन्द केसी के त्यति भिडेको छ ? कुरा बुझ्नुभयो । म त्यो दुई करोड दिन्छु । नडराउनुहोस् । तपाईँ अघि बढ्नुहोस् । फेरि तोसिमाले त तपाईँसँग लडाइँ गर्दैनन् नि फेरि ।
श्रेष्ठ– गर्दैनन् । टिमले गरेपछि सकियो । तोसिमाले फेरि पैसा निकाल्न सक्दिनन् के । फेरि गोविन्द केसीको मान्छे भनेको छ । तिनी मन्त्री भएर पनि काम छैन ।
प्रसाईँ– उनले कही कुरा गर्न मिल्दैन ।
प्रसाईँ– नमस्ते के छ हालखबर ?
श्रेष्ठ– नमस्ते भर्खर उठेको
प्रसाईँ– समय नभएर बेलुका फोन चार्ज भएन । के कुरा हो भनिदिनु त अलिकति ?
श्रेष्ठ– स्वास्थ्य हामीले पाउने भयो । अलिकति पार्टीलाई सहयोग गर्नु भन्ने कुरा भयो । त्यहाँ पार्टीमा दुई÷तीन जना छन् के । साढे दुई पु¥याइदिनु भन्ने कुरा भएको छ । पक्काचाहिँ पक्का भयो । फेरि म त्यस्तो आर्थिकरूपमा मजबुत छैन । अब फेरि मन्त्री पनि बन्नु प¥यो । स्वास्थ्य क्षेत्रमा देखिएको धुुलोमैलो पनि पखाल्नु प¥यो । यो स्वास्थ्य क्षेत्रको सुधार धेरै गर्छु भनेर आवश्वासन पनि दिएको छु । त्यसका लागि हजुरहरूको सहयोग चाहियो भन्ने कुरा हो ।
प्रसाईँ– डा.साप मैले एउटा कुरा बुझ्न खोजेको रास्वपाभित्र त डा. तोसिमा कार्की मात्र छिन् भनेर बुझेको थिएँ त ?
श्रेष्ठ– तीन जना छन् । म, तोसिमा कार्की र चन्दा कार्की ।
प्रसाईँ– ए ए । साँच्चि चन्दा पनि हुनुहुन्छ त है । डा.सापको घर कहाँ हो ?
श्रेष्ठ– पोखरा हो सर ।
प्रसाई– ए ए । एमबीबीएस कहाँ गरेको ? एमडी कहाँ ?
श्रेष्ठ– मैले चाइनाबाट एमबीबीएस, एमडी गरेको छैन । एमडी गर्दागर्दै म राजनीतितिर आएँ ।
प्रसाईँ– ए अब हेर्नुहोस् है डा.साप यो देशमा स्वास्थ्य क्षेत्रमा धेरै ठूलो समस्या छ । देशमा भएका नर्सिङ क्याम्पस बन्द गराए । आज नर्स पढ्न पाउँदैनन् । मैले सधैँ भन्ने गरेको थिएँ दुबईको डान्सबारमा हाम्रा चेलिबेटीलाई गराउनुभन्दा नर्स पढाऔँ भनेको । मैले त सयवटा मेडिकल कलेज खोलौँ । विदेश इन्डियाबाट तीन सय, चार सय विद्यार्थी ल्याऔँ । अस्पताल फ्री गरौँ । मैँले कति राम्रो कुुरा गरेको छु ।
श्रेष्ठ– हो हो नि ।
प्रसाई– डा.सावको नाम के हो ?
श्रेष्ठ – ढाकाकुमार श्रेष्ठ
प्रसाई– हजुर मैले त्यो कुरा बुझेँ, थाहा पाएँ, सल्लाह गरेर अघि बढौँला । फेरि तपाईँसँग एउटा कुरा भन्नु प¥यो । हामी ह्वाटसपमा छौँ समस्या परेन । अनि मुकुलजीले त स्वास्थ्य, शिक्षा नलिने कुरा थियो त ?
श्रेष्ठ– मुकुलजीहरू त्यो कोर टिममा हुनुहुन्न के । उहाँलाई त्यो कुरा थाहा छैन । आन्तरिक कुरा हो । उहाँ महामन्त्री पनि हुनुहुन्छ । पार्टीको कुरा गर्दा त्यहाँ पार्टीलाई सहयोग गर्ने, पार्टीलाई सुरुवातदेखि नै सहयोग गर्ने रविलाई । त्यो टिमबाट मलाई बोलाको छ । मैले आज पैसाको कुरा मिलाउनुपर्छ । उधारो हुन्न भन्छन् ।
प्रसाईँ – आज बन्द, आजको आजै त हुन्न नि । बन्द भएकाले नौ लाख उनान्न सयभन्दा माथिको चेक साटिँदैन । एउटा टाइम राखेर गर्ने भए म सहयोग गर्छु । मैले भनिहाले । तपाईँ पछि मलाई काम लाग्ने मान्छे । भोलि तपाईँले पनि मेरो काम गर्नुपर्छ ।
श्रेष्ठ– हो गर्छु म । मलाई त दिक्क लाग्छ । एमडी गर्न नसकेको पनि तिनले गर्दा हो ।
प्रसाईँ– एमडी पढाउन पनि मेरो छोरीलाई टोकियो युनिभर्सिटी पठाउनुपर्यो तीन करोड तिरेर । यहाँ आफ्नोमा चाहिँ रेडियसनलोेजी पढाउन पाइनँ मैले । हेर्नुस् सबैतरि वितष्ृणा छ । म त मरेको छु । मेरो मेडिकल कलेज सबै भौतिक पूर्वाधार सम्पन्न छ । उपत्यका बाहिर मेची अञ्चलमा ३२ लाख जनसंख्या छ । म चाहिँ डुबेको छु, छैन भन्नु त ? म त मर्न मात्र बाँकी छ ।
श्रेष्ठ– त्यही त यो यस्ता कुराहरू हटाऔँ भनेको । सर यस्ता समस्या समाधान गर्नुपर्छ ।
प्रसाईँ– अनि शिक्षाचाहिँ कसले लिने भएको छ भाइ डा.साव ?
श्रेष्ठ– शिक्षाचाहिँ परेन ।
प्रसाईँ– हजुरबुबाहरूले राखे होलान् । किनभने मलाई अफिलेसन पनि दिनुपर्नेछ हजुरबुबाले । सबै कुरा सकिएको छ । काठमाडौं युनिभर्सिटीले अफिलेसन दिएको छ । सिट मात्र तोकिदिएको छैन । नारायणकाजीको मान्छे हो नि त त्यो गिरी (श्रीकृष्ण गिरी) । त्यहाँबाट पैसा उठाएर लगेर नारायणकाजीलाई पैसा बुझाउने मान्छे हो गिरी । यसो गर्नुहोस् ।
श्रेष्ठ– निश्चित हुनुहोस् । अब काम मिलेर गर्ने हो ।
प्रसाईँ– भोलि केपी ओली झापा आउनुहुँदैछ । म हजुरबासँगै काठमाडौं आउँछु । मैले गर्ने सहयोग म गर्छु । तपाईँले भन्नुभएको दुई (करोड) म आएर गरौँला । तर अलिकति समय लाग्छ । पैसा निकाल्न समय लाग्छ भनेजस्तो बाकसमा हुन्न । बैंकले प्रक्रियाअनुसार काम गर्छ । हिजो पुस मसान्त हिजो बैंकको व्याज बुझाइयो ।
श्रेष्ठ– हजुरलाई पनि साह्रै गाह्रो छ । स्वास्थ्य बिमाले मेरो अढाई वर्षदेखि अझै दिएको छैन ।
प्रसाई– पैसा मैले दिने भएँ तपाईँलाई । अब त्यो पैसा पनि उही रविलाई त दिनुपर्ने होला होइन ?
श्रेष्ठ– अँ रवि सरलाई भन्दा पनि उहाँ अहिलेसम्म देखा पर्नुभएको छैन । बाहिरको दुई÷तीन जना साथी छन्, उनीहरूलाई दिने हो । पार्टीमा जान्छ भनेका छन् ।
प्रसाईँ – कमाउने त हो भाइ त्यो के गर्ने ?
श्रेष्ठ– खै के गर्छन् ? पार्टीमा जान्छ भनेका छन् । मैले सोधेकै छैन ।
प्रसाई– ल भोलि म आएर दिन्छु । तपाईँले ग्यारेन्टी गर्नुहोस् ।
श्रेष्ठ– तपाईँ र म सहकार्य गर्नुपर्छ है ?
प्रसाई– पिर नगर्नुहोस्, म त्यो दुई करोड दिन्छु । टाइम माग्नुहोस् । तपाईँ र म एक ठाउँमा बस्नुपर्छ । भेटी राख्नु पनि पर्दैन । ढुक्क हुनुहोस्, एक पटक भेटेपछि हुन्छ ।