काठमाडौं । श्रृजनशील लघुवित्त वित्तीय संस्थाको खुद मुनाफामा सुधार देखिएको छ । संस्थाले गत आर्थिक वर्षमा चार करोड ५० लाख ८५ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आवमा संस्थाको यस्तो नाफा एक करोड ४० लाख ३८ हजार रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँ रहेको संस्थाले गत आवको चौथो त्रैमासमा ८४ करोड ६९ लाख दुई हजार रुपैयाँ निक्षेप संकलन गरी दुई अर्ब ६९ करोड ९३ लाख ९९ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा १६ करोड ८८ लाख ४५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा नौ दशमलव ७९ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
अघिल्लो आवमा भने संस्थाले ७६ करोड १८ लाख ३५ हजार रुपैयाँ निक्षेप संकलन गरी दुई अर्ब १९ करोड ३० लाख छ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा १० करोड ७८ लाख २५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा छ दशमलव ४९ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।