काठमाडौं । नेक्सजेन म्यानेजमेन्टको आठौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले कम्पनीको चुक्ता पुँजी ५० करोड पुर्याउने प्रस्ताव पारित गरेको छ । यसबाहेक कम्पनीले प्रिमियममा संस्थापक सेयर निष्कासन र सर्वसाधारणका लागि ३० प्रतिशत सेयर जारी गर्ने प्रस्ताव समेत पासरत गरेको छ ।
कम्पनीले यही असोज ३ गते होटल एलो पगोडामा कम्पनीका अध्यक्ष देवेन्द्र प्रताप शाहको अध्यक्षतामा वार्षिक साधारणसभा सम्पन्न गरेको हो । सभामा अध्यक्ष शाहले कम्पनीको विगत, वर्तमान अवस्था र भावी रणनीतिबारे जानकारी गराएका थिए भने सञ्चालक अजयकुमार मिश्रले उद्योग व्यवसायमा लगानी गर्दाका जोखिम र समयानुकूल लगानीका फाइदाबारे जानकारी दिएका थिए ।
सभामा संस्थापक सेयरधनीहरू रामकृष्ण पौडेल, श्रीचन्द्र भट्ट, बलराम विष्ट, सुरेश सापकोटा तथा आमन्त्रित मनोरञ्जन रमण शर्मा र विजयबहादुर शाहलगायतले कम्पनीबारे विभिन्न जिज्ञासा राखेका थिए ।