काठमाडौ । आधुनिक पुरुषहरुको रोजाइमा एकदमै चाँडै परेको नेपाली ब्रान्ड जुट फेसनले आफ्नो नयाँ ई–कमर्स वेबसाइट जुट डटकम सुरु गरेको छ ।
कम्पनीले नेपालीहरुको महान् चार्ड विजया दशमीको अवसर पारेर वेबसाइट सार्वजनिक गरेको हो । नयाँ अनलाइन स्टोरले देशभरका ग्राहकवर्गहरुलाई सहज र आकर्षक किनमेल अनुभव दिने र घरआँगनमा नै डेलिभरी दिने उद्देश्य राखेको छ । कम्पनीका अनुसार २५ देखि ४५ वर्ष उमेर समूहका फेसनप्रेमी पुरुषहरुका लागि लक्षित गरी यो वेबसाइट डिजाइन गरिएको हो । आधुनिक इन्टरफेस र सजिलै नेभिगेट गर्न सकिने क्याटोगोरीहरूको साथ, ग्राहकहरूले सहजै जुट फेसनको सर्ट, ट्राउजर, पाइन्ट, ज्याकेट र अन्य सामानहरू अर्डर गर्न सक्छन् । कम्पनीका संस्थापक तथा सीईओ, श्याम रत्न मालीले जुट फेसनको यात्रामा सुरुदेखि नै फेसनलाई व्यक्तित्व र आत्मविश्वाससँग जोड्ने प्रयास गरेको बताए । नयाँ वेबसाइटको सुरुवात तथा चाडपर्वको अवसरमा ३५ प्रतिशतसम्मको छुटका साथै पहिलो अर्डरमा थप पाँच प्रतिशत छुट पनि प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।