काठमाडौं । सरकारले दशैँको बेला काठमाडौं उपत्यकामा मेलम्चीको खानेपानी नदिने भएको छ । वर्षा जारी रहेको कारण असोजको अन्तिम सातातिर मात्रै मेलम्चीको पानी पठाउने तयारी छ । मेलम्ची खानेपानी विकास समितिका अनुसार वर्षाका कारण मेलम्चीमा पानीको बहाब बढेकाले बाँधमा समस्या आउन सक्ने भएकाले दशैँअगाडि मेलम्चीको पानी काठमाडौंमा ल्याउन नसकिने भएको हो । मेलम्चीबाट करिब १७ देखि १८ करोड लिटर पानी दैनिक काठमाडौंमा पथान्तरण गरिँदै आए पनि बाढीका कारण मेलम्चीको मुहान बन्द गरिएपछि अहिले रिबर्मा खोलाबाट दैनिकरूपमा छदेखि सात करोड लिटर पानी पथान्तरण गरेर काठमाडौंमा वितरण भइरहेको छ ।