काठमाडौँ । इलेक्ट्रोनिक घरायसी उपकरण तथा मोबाइल फोन स्टोर सामसङ प्लाजाले भैँसेपाटी, ललितपुरमा आफ्नो १४औँ नयाँ सोरूम सञ्चालनमा ल्याएको छ । कम्पनीले सोमबार भव्य समारोहका बीच सोरुम उद्घाटन गरेको हो ।
सामसङ नेपालका प्रबन्ध निर्देशक इन सु किम तथा गोल्छा समूहका प्रबन्ध निर्देशक शेखर गोल्छाले सोरुमको शुभारम्भ गरेका थिए । यसले सामसङ प्लाजाको नवीनता, गुणस्तर र ग्राहक सन्तुष्टिलाई निरन्तर प्रदान गर्ने यात्रामा अर्को महत्वपूर्ण उपलब्धि थपेको कम्पनीको दाबी छ ।
नयाँ सोरुमले भैंसेपाटी र आसपासका क्षेत्रमा रहेका ग्राहकहरूलाई कम्पनीका उत्पादनहरू स्मार्टफोन, टेलिभिजन, घरायसी उपकरणहरू र अन्य अभिनव इलेक्ट्रोनिक उत्पादनहरूको प्रदान गर्ने उद्देश्य राखेको छ । यस विस्तारसँगै कम्पनीले आफ्ना मूल्यवान उपभोक्ताहरूसम्म विश्वस्तरीय प्रविधि र उत्कृष्ट ग्राहक सेवाहरू अझ नजिक पुर्याउने आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिएको उल्लेख गरेको छ ।