काठमाडौं । जेन–जी पुस्ताको भ्रष्टाचारविरोधी आन्दोलनमा प्रहरी संरचना तारो बनेको पाइएको छ र त्यसमाथि पनि ट्राफिक प्रहरीको पोस्टहरु आन्दोलनको पहिलो निशाना परेका छन् ।
आन्दोनका क्रममा नेपाल प्रहरीका मात्रै एक सय ७७ वटा भवन पूर्णरुपमा क्षतिग्रस्त भएका छन् भने दुई सय ५८ भवन आंशिकरुपमा क्षति भएको छ । आन्दोलनका क्रममा सडकमा ट्राफिक बस्ने बिटहरु पहिलो निशाना बनेका थिए र उपत्यकामा ट्राफिक बिटको नामोनिसाना मेटाएका थिए । ट्राफिक प्रहरीले चेकिङको नाममा लेन क्रस गरेको नाउँमा बाह्रै महिना बिर्वाधरुपमा हाकाहाकी घुस उठाउँदै आएका थिए । प्रहरी प्रधान कार्यालयले उनीहरुले उठाएको घुसमा कमिसन दिएर वैधानिकता प्रदान गरेको थियो । ट्राफिक कार्यालय बग्गीखानामा हाकिम फेरिएपिच्छे ट्राफिक नियम फेरिने गरेको थियो । कहिले दाहिने मोडिन नहुने त कहिले मोडिन हुने । कहिले कता एकतर्फी त कहिले कता दुईतर्फी । ट्राफिक प्रहरीको मुखै कानुन हुने गरेको थियो । ट्राफिक नियम पालना नगरेको आरोपमा कहिले सडकमा उभ्याएर सिठी फुक्न लगाउने त कहिले बग्गीखानामा बोलाएर क्लास लिन लगाउने गर्दै आएको थियो ।
ट्राफिक प्रहरीले सडक बत्ती निभाएर आफूखुसी चालकहरुमाथि जबरजस्ती कारबाही गरेको प्रत्यक्ष भुक्तभोगी बनेको जेन–जी पुस्ताको पहिलो निशाना पनि त्यही कारण ट्राफिक प्रहरी बन्न पुगेको थियो र उसको संरचना ध्वस्त बनाएको थियो । यसलाई बेवास्ता गरेर ट्राफिक प्रहरी फेरि पनि पुरानै लयमा फर्कियो भने निहत्था ट्राफिक प्रहरी निशाना बन्न लाग्नै छैन ।