काठमाडौं । भ्रष्टाचारको विरोधमा गत भदौ २३ र २४ गते भएको जेन–जी पुस्ताको आन्दोलनमा ७४ जना होनाहार युवालाई अन्धाधुन्ध गोली हानी हत्या गरियो र एकहजार पाँच यसभन्दा बढी युवालाई घाइते बनाइयो । आन्दोलनको पहिलो दिन भ्रष्टाचारको विरोधमा विनाहातहतियार शान्तिपूर्णरुपमा जुलुस प्रदर्शन गरिरहेका स्कुल कलेजको डे«समा सडकमा उत्रिएका युवा विद्यार्थीहरुमाथि कसले गोली बर्सायो, त्यो अहिलेसम्म रहस्यकै गर्भमा छ । स्कुले विद्यार्थी शन्तिपूर्ण जुलुस प्रदर्शनमा थिए र भ्रष्टाचार अन्त्यको माग गदै नाराबाजी गरिरहेका थिए । त्यसरी विनाहातहतियार शान्तिपूर्ण जुलुस प्रदर्शन गरिरहेका जेन–जी पुस्तामाथि त्यसरी अन्धधुन्धरुपमा गोली चलाउनुपर्ने कुनै पनि कारण थिएन । त्यो गोली नेपाली सेना र सशस्त्र प्रहरी बलले चलाएको थिएन । नेपाल प्रहरीले रबरको गोली चलाएको मात्र भनिएको छ । त्यतिबेलाका प्रधानमन्त्री केपी शर्मा ओलीले पनि त्यो गोली नेपाल प्रहरीले नचलाएको बताएका छन् । तर तत्कालीन गृहमन्त्री रमेश लेखकले केही नबोली लुकेर दिन कटाइरहेका छन् । निहत्था युवा विद्यार्थीमाथि कसले किन अन्धधुन्ध गोली चलायो भन्ने विषयमा कोही कसैले जिम्मेवारी लिएका छैनन्, मुख खोलेका छैनन् । कसैले मुख खोले पनि, नखेले पनि गोली त कसैले चलाएकै हो, गोली लागेर ७४ जना मरेको पनि सत्य हो, १५ सयभन्दा बढी युवा विद्यार्थी गोली लागेर घाइते भएका पनि हुन्छ । तर त्यो गोली लागेर घाइते भएका पनि छन् तर त्यो गोली कसले चलायो ? कसले गोली चलाउने आदेश थियो ? प्रहरीले गोली चलायो कि घुसपैठी प्रतिक्रियावादीले गोली चलायो ? त्यसको जानकारी फरेन्सिक ल्याबमा गरिएको गालीको परीक्षणबाट पनि भएको छ । त्यो रिपोर्ट सरकारले लुकाएर राखेको छ र उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गर्ने भनेर निर्णय गरे पनि पाँच दिनपछि मात्र गौरीबहादुर कार्कीको संयोजकत्वमा आयोग गठन गरेको छ । त्यसको पछाडिको कारण के हो ? केही खुलाइएको छैन । जेन–जी युवालाई मानव ढालका रुपमा प्रयोग गरेर त्यो आम हत्याकाण्ड किन मञ्चन गरियो भन्ने कुरा जत्तिको रहस्यमय छ, त्यतिकै रहस्यमय छ । सिंहदरबार शीतल निवास, प्रधानमन्त्री निवास संसद् भवन र सर्वोच्च अदालतको आगजनी भवन जल्नु र पुनःनिर्माण गरिनु कुनै ठूलो कुरा होइन । त्यहाँ भएको आगजनी भवन जलाउन मात्र भएको होइन । ती ठाउँमा भएको आगजनी त्यहाँ भएका महत्वपूर्ण कागजपत्रका प्रमाण जलाउनका लागि भएका छन् । कसले ग¥यो त त्यो आगजनी ? त्यहाँ आगजनी गर्न जानेलाई चौबीसै घण्टा सेनाको पहरा रहने ढोकाबाट किन छिर्न दिइयो होला ? यी अहिलेका अनुत्तरित रहस्यमयी प्रश्नहरु हुन् ।