काठमाडौं । झापा इनर्जी लिमिटेडको साधारण सेयर (आईपीओ) बाँडफाँट भएको छ । बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेडले बुधबार कम्पनीको सेयर बाँडफाँट कार्य सम्पन्न गरेको हो ।
साधारण सेयरमा कुल १८ लाख ६८ हजार एक सय ४१ आवेदकबाट दुई करोड तीन लाख ५१ हजार छ सय ७० कित्ता सेयर खरिदका लागि आवेदन परेको क्यापिटलले जानकारी दिएको छ । कम्पनीका अनुसार सो मध्ये १८ लाख ३३ हजार सात सय ३८ आवेदन सदर भएको छ भने ३४ हजार चार सय तीन जनाको आवेदन बदर भएको छ । कुल सदर आवेदकबाट एक करोड ९९ लाख ५४ हजार आठ सय ३० कित्ता सेयरका लागि खरिद आवेदन परेको छ । जसमा ४७ हजार तीन सय ३३ जनाले १० कित्ताका दरले चार लाख ७३ हजार तीन सय ३० कित्ता सेयर हात पारेका छन् भने बाँकी छ जनाले थप एक र एक कित्ता गरि ११ कित्ता सेयर हात पारेका छन् ।
कम्पनीले भदौ २० गतेदेखि २४ गतेसम्मका लागि आम सर्वसाधारणका लागि चार लाख ७३ हजार तीन सय ३६ कित्ता साधारण सेयर निष्काशन गरेको थियो । कम्पनीले चार करोड ७३ लाख ३३ हजार रुपैयाँबराबरको एक सय अंकित दरका चार लाख ७३ हजार तीन सय ३६ कित्ता सेयर निष्काशन गरेको थियो ।