काठमाडौं । श्री श्रीनगर एग्रीटेक इण्डष्ट्रिज लिमिटेडको साधारण सेयर बाँडफाँट भएको छ । नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडकोे निष्काशन तथा बिक्री प्रबन्धकत्वमा निष्काशन गरिएको कम्पनीको एक सय रुपैयाँ अंकित दरका एक लाख ६३ हजार एक सय २५ कित्ता साधारण सेयर उद्योग प्रभावित क्षेत्र रुपन्देही र पाल्पा जिल्लाका स्थानीय बासिन्दाहरूका लागि एक सय रुपैयाँ अंकित दरका एक लाख ६३ हजार एक सय २५ कित्ता साधारण सेयरयही भदौ ११ गतेदेखि भदौ २५ गतेसम्म बिक्री खुला भएको थियो । तर यहीबीचमा भदौ २३ गतेको जेन–जी समूहको प्रदर्शनको कारण स्थानीय प्रशासनद्वारा निषेधाज्ञा/कर्फ्यु जारी गरिएको र उद्योग प्रभावित क्षेत्र रुपन्देही र पाल्पा जिल्लामा संकलन केन्द्र बन्द हुन पुगेको कारण सो दुई दिन दरखास्त फाराम संकलन गर्न नसकिएकोमा भदौ ३० र भदौ ३१ गते दुई दिनसम्मको समय थप गरी निष्काशन तथा बिक्री खुला गरिएकोमा सो अवधिभित्र प्राप्त हुन आएका आवेदनहरूको प्रशोधन गरी योग्य आवेदकहरूलाई सेयर बाँडफाँट गर्ने यही असोज सात गते बाँडफाँट नमूना तालिका तयार गरिएको बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्टले जानकारी दिएको छ ।
बोर्डका अनुसार उक्त तालिका नियमनकारी निकाय श्री नेपाल धितोपत्र बोर्डमा पेस गरिएकोमा बोर्डबाट उक्त बाँडफाँट तालिका माथि कुनै निर्देशन प्राप्त नभएकोले उक्त बाँडफाँड तालिकाबमोजिम बिहीबार सेयर बाँडफाँट कार्य सम्पन्न गरिएको जानकारी कम्पनीले दिएको छ । सोअनुसार उद्योग प्रभावित क्षेत्र रुपन्देही र पाल्पा जिल्लाका स्थानीय बासिन्दाहरूबाट जम्मा तीन हजार सात सय ८६ आवेदकहरूको चार लाख ८९ हजार सात सय ९० कित्ता सेयरमध्ये नौ जना आवेदकले वैदेशिक रोजगारीमा भएका नागरिकलाई छुट्याइएको सेयरमा पनि आवेदन दिएको हुँदा उक्त आवेदकहरूको एक लाख तीन हजार तीन सय ३० कित्ता सेयर रद्द गरी रीतपूर्वक प्राप्त तीन हजार सात सय ७७ जना कुल योग्य आवेदकहरूको जम्मा चार लाख ८८ हजार चार सय ६० आवेदक कित्ता सेयरमध्ये एक लाख ६३ हजार एक सय २५ कित्ता सेयर बाँडफाँट गरिएको कम्पनीले जानकारी दिएको छ ।
कम्पनीका अनुसार तीन हजार सात सय ७७ जना आवेदकहरूबाट रीतपूर्वक प्राप्त आवेदनहरूलाई धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका, २०७४को दफा ३० बमोजिम प्रथम चरणमा न्यूनतम १० कित्ता देखि ४० कित्तासम्म माग गर्ने नौ सय ३२ जना आवेदकहरूलाई माग गरेबमोजिम २० हजार नौ सय ९० कित्ता र ५० कित्तादेखि पाँच हजार कित्तासम्म माग गर्ने दुई हजार आठ सय ४५ जना आवेदकहरूलाई ४० कित्ता गरी जम्मा एक लाख १३ हजार आठ सय कित्ता सेयर बाँडफाँट गरिएको कम्पनीको भनाइ छ । साथै, दास्रो चरणमा ५० कित्तादेखि पाँच हजार कित्तासम्म रीतपूर्वक आवेदन दिने दुई हजार आठ सय ४५ जना आवेदकमध्ये गोला प्रथाबाट दुई हजार आठ सय ३८ जना आवेदक छनोट गरी सोमध्ये दुई हजार आठ सय ३३ जना आवेदकलाई थप १० कित्ताका दरले जम्मा २८ हजार तीन सय ३० कित्ता तथा अन्तिम पाँच जना आवेदकलाई पाँच कित्ता गरी कुल २८ हजार तीन सय ३५ कित्ता सेयर बाँडफाँट गर्नुपर्ने भएकाले बन्द बाकसमा भएको बल तान्नको लागि यँहा उपस्थित लगानीकर्ताहरूमध्ये डिकबहादुर विष्टले बन्द बाकसबाट ६ नं. को बल झिकेको कम्पनीको भनाइ छ ।