काठमाडौं । सिंहदरबारस्थित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवम् शहरी विकासमन्त्री कुलमान घिसिङ र नेपालका लागि जापानका राजदुत माएदा तोरुबिच शिष्टाचार भेटवार्ता भएको छ ।
सो भेटमा मन्त्री घिसिङले नेपालको विकास प्राथमिकता प्राप्त क्षेत्रमा जापानको सहायताको महत्वपूर्ण योगदान रहेको उल्लेख गरे ।
राजदुत तोरुले मन्त्री घिसिङलाई जापानको तर्फबाट बधाई दिनुका साथै सफल कार्यकालको शुभकामना व्यक्त गरे । राजदूत तोरुले नेपालका रणनीतिम महत्वका ठुला आयोजनामा सहायता उपलब्ध गराउन जापान सरकार तयार रहेको बताए ।
जापानका राजदूतसँगको भेटमा जापानले नेपाललाई गर्दैआएको द्विपक्षीय अनुदान, ऋण, बहुपक्षीय तथा प्राविधिक सहायता, हाल सञ्चालित आयोजनाको कार्यान्वयन अवस्था लगायतका विषयमा छलफल भएको थियो ।