काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले मेची आँखा अस्पताललाई सहयोग गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत झापाको बिर्तामोडस्थित मेची आँखा अस्पताललाई दुई थान वाटर प्युरिफायर र चार थान मोबाइल चार्जिङ स्टेसन हस्तान्तरण गरेको हो ।
बैंकका कोशी प्रदेश प्रमुख खिमलाल भुसालले अस्पतालका वरिष्ठ प्रशासन अधिकृत प्रशान्त श्रेष्ठलाई वाटर प्युरिफायर र मोबाइल चार्जिङ स्टेसन हस्तान्तरण गरेको बैंकले जानकारी दिएको छ । बैंकको यो सहयोगबाट अस्पतालमा सेवा लिन आउने सबै वर्गका बिरामीहरू लाभान्वित हुने तर विशेषगरी आर्थिकरूपमा कमजोर तथा विपन्न वर्गका सेवाग्राहीहरूका लागि यो सुविधाले उपचार प्रक्रियामा सहजता ल्याउने विश्वास वरिष्ठ प्रशासन अधिकृत श्रेष्ठले बताएका छन् । साथै, उनले यस्तो परोपकारी कार्यक्रम गरेकोमा बैंकलाई धन्यवाद पनि ज्ञापन गरेका छन् ।