काठमाडौं । निर्जीवन बीमा कम्पनीहरूले चालू आर्थिक वर्षको भदौ महिनामा तीन अर्ब ८० करोड ९७ लाख ४२ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् । १४ वटा निर्जीवन बीमा कम्पनीले कुल दुई लाख १६ हजार सात सय ८४ वटा जारी बीमालेखबाट उक्त परिमाणमा बीमाशुल्क सङ्कलन गरेका हुन् ।
नेपाल बीमा प्राधिकरणका अनुसार भदौमा नेपाल इन्स्योरेन्स कम्पनीले १३ हजार दुई सय ४७ वटा बीमालेखबाट १६ करोड ११ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । यस्तै, दि ओरियन्टल इन्स्योरेन्स कम्पनीले पनि तीन हजार आठ सय ४० वटा बीमालेखबाट १८ करोड १३ लाख ६३ हजार रुपैयाँ बीमाशुल्क सङ्कलन गरेको छ । राष्ट्रिय बीमा कम्पनीले पनि पछिल्लो अवधिमा दुई हजार एक सय ४२ वटा बीमालेखमार्फत ११ करोड ९६ लाख १० हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।
नेसनल इन्स्योरेन्स कम्पनीले पनि दुई हजार एक सय ४५ वटा बीमालेख जारी गरी ११ करोड ९६ लाख १० हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । नेको इन्स्योरेन्स कम्पनीले पनि पछिल्लो अवधिमा २२ हजार चार सय ११ वटा बीमालेखमार्फत २५ करोड ९९ लाख ८७ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । प्रभु इन्स्योरेन्स कम्पनीले पनि चालू आवको भदौ महिनामा सात हजार सात सय ६४ वटा बीमालेख जारी गरी १९ करोड ६१ लाख ३९ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । शिखर इन्स्योरेन्सले भने २५ हजार तीन सय १३ वटा बीमालेखमार्फत ४३ करोड २७ लाख ६३ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।
एनएलजी इन्स्योरेन्स कम्पनीले पनि चालू आवको भदौ महिनामा १६ हजार सात सय ४७ वटा बीमालेखमार्फत ३४ करोड ३३ लाख ९४ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । हिमालयन एभरेस्ट इन्स्योरेन्स कम्पनीले २२ हजार छ सय ६१ वटा बीमालेखमार्फत ३४ करोड ६५ लाख ३१ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । यसैगरी, सानिमा जीआईसी इन्स्योरेन्स कम्पनीले पनि चालू आवको भदौ महिनामा आठ हजार आठ सय ६३ वटा बीमालेखमार्फत २७ करोड ३३ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।
सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले २१ हजार आठ सय छ वटा बीमालेखमार्फत ३५ करोड ५३ लाख ६६ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले पनि पछिल्लो अवधिमा २० हजार एक सय २० वटा बीमालेखमार्फत ४३ करोड ९० लाख ३४ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले १६ हजार दु्ई सय ५३ वटा बीमालेखमार्फत २९ करोड नौ लाख ९३ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । युनाइटेड अजोड इन्स्योेरेन्स कम्पनीले पनि पछिल्लो अवधिमा ३३ हजार चार सय ७२ वटा बीमालेख जारी २७ करोड ८० लाख २९ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।