काठमाडौं । आरएसडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोेषणा गरेको छ । कम्पनीको पछिल्लो पटक बसेको सञ्चालक समितिको बैठकले आफ्ना सेयरधनीलाई गत आर्थिक वर्षको सञ्चित नाफाबाट आठ प्रतिशत नगद लाभांश (कर सहित) दिने निर्णय गरेको हो ।

सञ्चालक समितिको बैठकद्वारा घोषित लाभांश नियनकारी निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति एवं संस्थाको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ ।